Ultimate magazine theme for WordPress.

सुशासनका पक्षधरहरुलाई साझा पार्टीको साथ (विज्ञप्ती सहित)

127

पहिलो अपडेट / भदौ २९, अर्घाखाँची

पछिल्लो समयमा अर्घाखाँचीको शितगंगा नगरपालिकाको विषयमा देखिएको तिक्तताको विषयमा साझा पार्टीले आफ्नो आधिकारीक धारण सार्वजनिक गरेको छ ।

साझा पार्टीको प्रदेश ५ समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सुशासनको पक्षमा आफ्नो एक्यवद्धता व्यक्त गरेको हो ।

“सूचना पाउनु जनताको नैसर्गिक अधिकार हो । सार्वजनिक निकायले गरेका काम कारवाहीको सूचना माग गर्दै खवरदारी गर्नु नागरिकको कर्तव्य पनि हो ।” साझा पार्टीले भनेको छ “पछिल्लो समयमा अर्घाखाँची जिल्लामा नागरिक स्तरबाट सार्वजनिक निकायमा सूचना माग गर्ने, सार्वजनिक गर्ने कार्य भैरहेको प्रति साझा पार्टी अर्घाखाँची र प्रदेश ५ त्यसको पक्षमा ऐक्यबद्धता जाहेर गर्दछ ।”

“सुशासनको पक्षमा उभिएका नागरिकहरुको आवाजको कानुनी समाधान नखोजी शक्तिको दुरुपयोग गरेर हतोत्साहित बनाउने, घेरावन्दी गर्ने, गाली गलौज गर्ने ,निरुत्साहित गर्ने कार्य एक्काइसौं शताब्दीको सूचना तथा संचारको युगमा अत्यन्तै निन्दनीय कार्य भएको साझा पार्टीको ठहर छ ।” साझा पार्टी प्रदेश ५ का प्रवक्ता तथा कार्यालय प्रमुख हरिकृष्ण अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ “देशको अर्थतन्त्र चलायमान बनाउने, यहि बेथितिका कारण देशमा अवसर र जिबिको पार्जन गर्न गाह्रो भएर बिदेशीएका युवाहरुलाई लाहुरे, खाते भनेर सार्वजनिक अपमान कुनै पनि मानेमा क्षम्य हुने छैन । निष्पक्ष रुपमा सुशासनको पक्षमा उठेका आवाज र गतिविधीहरुमा साझा पार्टीको पूर्ण ऐक्यवद्धता रहनेछ ।”

Comments
Loading...