Ultimate magazine theme for WordPress.

नेकपा अर्घाखाँचीद्वारा चौहानलाई भौतिक कारवाही गर्ने चेतावनी

596

भदौ २८, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले ४ बर्ष अगाडी नै पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकिएका योगेन्द्र चौहानले पार्टीको नाम लिएर चन्दा उठाएको भन्दै कसै पनि भ्रममा नपर्न सम्पूर्ण जनसमुदायमा अपील गरेको छ ।

जिल्ला सेक्रेटरी माहुरीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै निज चौहानले पार्टीको नाम लिएर विभिन्न व्यवसायी, संघसंस्था एवं सरकारी कार्यालयहरुबाट जबर्जस्ती आर्थिक उठाएको सूचना प्राप्त भएकोले यस्तो गलत कार्य नरोके चौहानलाई भौतिक कारवाही गर्ने समेत बताएका छन् ।

विज्ञप्तीमा चौहानले ४ बर्षअगाडी नै प्रहरी प्रशासनमा आत्मसमर्पण गरेको, पार्टीेको सूचना र नेता कार्यकर्ताहरुलाई फसाउने काम समेत गरेकोले उनलाई साधारण सदस्य समेत नरहने गरी उतिबेला नै कारवाही गरेको समेत बताइएको छ । विज्ञप्तीमा चौहानलगायत केही गुण्डा, सुराकी, भगौडा र लुटेराहरुले पार्टीको बदनाम गरेको भन्दै सम्पूर्ण व्यवसायी एवं जनसमुदायलाई सचेत रहन समेत भनिएको छ ।

पार्टीको आधिकारिकताबिना जथाभावी आर्थिक सहयोग नगर्न समेत सेक्रेटरी माहुरीले सचेत गराएका छन् ।

Comments
Loading...