Ultimate magazine theme for WordPress.

नगर प्रमुखले फर्जि विलको भूक्तानी नदिएपछि भुमिकास्थानमा विवाद भएको हो : विप्लव

आफ्नो चरित्रहत्या गरिएकोमा सुनारको आपत्ती

608

पहिलो अपडेट / भदौ २५, अर्घाखाँची

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फर्जि विलको भुक्तानी नगर प्रमुखले रोकेपछि भूमिकास्थान नगरपालिमा विवाद भएको भन्दै यस्ता हर्कत तत्काल रोक्न आग्रह गरेको छ ।

वडा नं. ४ का अध्यक्ष बाबुराम सुनारले ३ लाख ८२ हजारको फर्जि विलको भुक्तानी मागेको र नगरप्रमुखले उक्त भुक्तानी रोकेपछि विवाद भएको पार्टीले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी भूमिकास्थानका इन्चार्ज बारुदको नाममा जारी विज्ञप्तीमा ३३ हजार जनतालाई भ्रममा पारेर जनविरोधी हर्कत नगर्न चेतावनी समेत दिइएको हो ।

यस विषयमा जिज्ञासा राख्दा नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष सुनारले विज्ञप्ती आएको विषयमा आफुले पनि सुनेको तर यो विज्ञप्तीमा कुनै सत्यता नभएको बताए । “मान्छेको चरित्रहत्या गर्नेगरी आएको विज्ञप्तीप्रति मेरो आपत्ती छ ।” सुनारले भने “कहाँ विल भर्पाइ गरियो, कहाँ विना काम निकासा मागियो प्रमाण सहित आउन अनुरोध छ ।” थापाले भने “ तर यसरी नियोजित तवरले चरित्रहत्या जिम्मेवार पार्टीबाट भएकोमा दुख लागेको छ ।”

हेर्नुहोस विज्ञप्तीको पूर्ण पाठ :

हेर्नुहोस नगर प्रमुखको पत्रकार सम्मेलन :

हेर्नुहोस नगर उपप्रमुख र प्रवक्ताको पत्रकार सम्मेलन :

Comments
Loading...