पहिलो अपडेट / भदौ २३ अर्घाखाँची
केही महिनाअघि अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ जगतमा भएको टिप्पर दुर्घटनामा घाईते भएका चालकको कोरोनाका कारण ज्यान गएको छ ।
यही साउन २७ गते दुर्घटनामा घाईते भई उपचारको लागि भैरहवा मेडिकल कलेजमा भर्ना भएका शितगंगा नगरपालिक वडा नं. १२ निवासी भुवनेश्वर कुवरमा भाद्र ५ गते कोरोना पोजेटिभ पुष्टी भएको थियो ।
कोभिड संक्रमण देखिएपछि युनिभर्सल मेडिकल कलेजल भैरहवाले भिम अस्पताल भैरहवा रिफर गरेकोमा ९ गते थप उपचारको लागि भिम अस्पतालले पनि नेपालगन्ज मेडिकल कलेजमा रिफर गरेको थियो ।
त्यसको दुई दिनपछि अर्थात ११ गते विहान ३ बजे मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएकोमा आज बिहान अस्पतालले मृत घोषणा गरेको छ ।
स्वास्थ्य कार्यालय कोहलपुरले आज एक प्रेस नोट जारी गर्दै विहान ९३० बजे उनको मृत्यु भएको औपचारीक पुष्टी गरेको हो ।