पहिलो अपडेट / भदौ २३ अर्घाखाँची
अर्घाखाँचीका कोरोना संक्रमित एक युवाको उपचारको क्रममा कोहलपुर, बाँकेमा निधन भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १२ निवासी भुवनेश्वर कुँवरको ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले पुष्टी गरेको छ ।
आज विहान करीव ९:३० बजे ज्यान गुमाएका ४२ वर्षिय कुँवरको यही भदौं ५ गते कोरोना पोजेटिभ पुष्टी भएको थियो ।
आजै एक प्रेस नोट जारी गर्दै स्वास्थ्य कार्यालय बाँकेले कुँवरको मृत्युको औपचारीक पुष्टी गरेको छ । मृतक कुँवर टिप्पर चालक रहेको बताइएको छ ।