Ultimate magazine theme for WordPress.

सन्धिखर्क नगरपालिकाले गाइभैसीलाई सुत्केरी भत्ता दिने

582

पहिलो अपडेट / भदौ २२, अर्घाखाँची

सन्धिखर्क नगरपालिकाले गाई भैसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ ।

सन्धिखर्क नगरपालिका भित्रका कृषकको घरमा सुत्केरी हुने गाइ वा भैसीलाई रु २ हजारका दरले सुत्केरी भत्ता दिइने सन्धिखर्क नगरपालिकाकी शाखा अधिकृत मन्जु खनालले पहिलो अपडेट डटकमलाई जानकारी दिनुभयो ।

सुत्केरी भत्ताको लागि गाई वा भैसी व्याएको २ महिनाभित्र दावी गरिसक्नुपर्ने नगरपालीकाले जनाएको छ । दुई महिना पछि आउने कृषकलाई यो सेवा दिन नसकिने नगरपालिकाले प्रष्ट पारेको छ ।

पशुपालनप्रति किसानहरुको आकर्षण बढाउन गाइभैसी सुत्केरी भत्ता कार्यक्रमको सुभारम्भ गरिएको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले जानकारी दिनुभयो ।

Comments
Loading...