Ultimate magazine theme for WordPress.

कोरोनाको जोखिम बढेपछि सनपा ६ र ७ का मुख्य भागमा आवतजावतमा कडाई

166

पहिलो अपडेट / भदौ २१, अर्घाखाँची

समुदाय स्तरमा कोरोनाको संक्रमण बढेपछि सन्धिखर्क नगरपालिकाले वडा नं. ६ भित्रका मुख्य मुख्य भागमा आवतजावतमा कडाई गरेको छ ।

सन्धिखर्क नगरपालिका वडा नं. ६ मा आज एकैदिन चार जना समुदाय स्तरका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टी भएपछि सन्धिखर्क गोरुसिंगे सडकखण्डमा चल्ने गाडीहरु बाहेक वडा नं. ६ र ७ का मुख्य मुख्य क्षेत्रमा आवतजावत पूर्ण बन्द गरिएको हो ।

जसअन्तरगत फुदवाङ, नरपानी, घुम्ती सहितका मुख्य मुख्य भागमा भित्री बाटाहरु सम्ममा आवतजावत पूर्ण रुपमा बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृमत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै गरी वडा कार्यालय संग सम्वन्धीत व्यक्तिमा नै कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाले वडा नं. ६ बाट आपतकालिन बाहेक सवै सेवा बन्द गर्ने निर्णय समेत गरेको हो ।

हेर्नुहोस् सूचनाको पूर्ण भाग :

Comments
Loading...