Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा आज थपिए ११ संक्रमित, चालकदेखी जनप्रतिनिधीका परिवार सम्म (बिस्तृतमा हेर्नुहोस्)

- हरिप्रसाद भुसाल

510

पहिलो अपडेट / भदौ २१, अर्घाखाँची

अर्घाखाँचीमा आज एकैदिन थपिएका ११ जना कोरोना स्रंक्रमित मध्ये चार जना समुदाय स्तरका र बाँकी ७ जना क्वारेन्टिनका रहको खुलेको छ ।

चारजनामध्ये सवै केही दिनअघि संक्रमण पुष्टी भएका जगत निवासी तरकारी व्यापारीको कन्ट्रयाक ट्रेसिङ मध्येका हुन् ।

जसमध्ये एकजना निज व्यापारीकी ५६ वर्षिय आमा, एकजना स्थानीय जनप्रतिनिधीका २५ वर्षिय छोरा, एकजना डबलक्याव चालक सनपा ६ का २२ वर्षिय पुरुष र एकजना सनपा ७ निवासी २७ वर्षिय डबलक्याव चालक रहेको जिल्ला अस्पतालका सुचना अधिकारी विजय विकले पहिलो अपडेट डटकमलाई जानकारी दिए ।

वि.क.ले दिएको जानकारी अनुसार दुवैजना चालकले तरकारी ढुवानी गर्ने गरेका थिए । त्यस्तै ७ जना जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. २ मा रहेको जनज्योती उच्च मा.वि. क्वारेन्टाइनमा रहेकाहरु हुन् ।

 

Comments
Loading...