Ultimate magazine theme for WordPress.

पाल्पामा १६ संक्रमित थपिए

90

पाल्पा — जिल्लामा आइतबार १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । तिनाउ गाउँपालिकाका ८ पुरुष, माथागढी गाउँपालिकाका ५ पुरुष, रैनादेवी छहरा गाउँपालिकाका एक महिला र एक पुरुष, बगनासकाली गाउँपालिकाका एक पुरुष गरी १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाका अनुसार समुदायस्तरमा गरिएको पीसीआर परीक्षणमा चारजना भारत र एक जना बेजिल्लाबाट आएकामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका सबै भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको कार्यालयले जनाएको छ ।

पाल्पामा हालसम्म कोरोना भाइरस संक्रमणबाट दुई जनाको निधन भएको छ । जिल्लामा कूल संक्रमितको संख्या ६ सय ६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Comments
Loading...