पहिलाे अपडेट / भदाै २१, अर्घाखाँची
अर्घाखाँचीका व्यवसायीहरुले लकडाउनकाे विकल्प खाेज्न अाग्रह गरेका छन् ।
लगातारकाे लकडाउनले जिल्लाका ब्यवसायीहरु मर्कामा परेकाे भन्दै अब उप्रान्त लकडाउनकाे बिकल्प खाेज्न व्यवसायीहरुले अाग्रह गरेकाे हुन ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै अर्घाखाँची चेम्वर अफ कमर्श र अर्घाखाँची उद्याेग बाणिज्य संघले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउदै असहज परिस्थिति अन्त्य गर्न अनुराेध गरेका हुन् ।
यसअघि दुवै संस्थाले संयुक्त रुपमा छलफल कार्यक्रमकाे अायाेजना गरि बृहत् छलफल गरेका थिए । छलफलमा सहभागीहरुले लकडाउनकाे विकल्प खाेज्न पहल गर्ने निर्णय गरेका थिए ।