Ultimate magazine theme for WordPress.

२४ गते राती १२ बजेसम्म अर्घाखाँचीमा लकडाउन थपियो

291

अर्घाखाँची, १७ भदौ । अर्घाखाँचीमा भदौ १७ गते १२ बजेसम्मको लकडाउन सकिएपछि थप गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको राजनितिक दल र सञ्चारकर्मीसँगको छुट्टाछुट्टै भेटघाटमा लकडाउन थप गर्न हिजो सुझाव दिएका थिए ।

तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित हुन लागेपछि लकडाउन गर्नुको कुनै विकल्प नरहेको प्रशासनले जनाएको छ ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको डिसीसीएमसीको बैठकले भदौ २४ गते राती १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको डिसीसीएमसी स्रोतले हिन्दुखबर डटकमलाई जानकारी दिएको छ । लकडाउन थपेको निर्णयको सुचना जिल्ला प्रशासनले केही समयमा निकाल्ने स्रोतले जनाएको छ ।

Source : hindukhabar.com

Comments
Loading...