तानसेन : अविरल वर्षासँगै पहाडबाट खसेको ढुङ्गाले लागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा माथागढी गाउँपालिका ७ रहवासकी २९ वर्षीय समिक्षा चौहान हुन् ।उनको बुटवल सिटि अस्पतालम उपचारको क्रममा मंगलबार राती मृत्यु भएको हो ।
ढुङ्गाले किचेर गम्भीर भएकी समिक्षाकी ३ वर्षीया छोरी करिष्मा चौहानको सिटि अस्पताल बुटवलमा उपचार भइरहको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
तिनाउँ गाउँपालिका ३ श्रीडाडा गोविन्द सोमैको घरमा बसेकी चौहानलाई मंगलबार बेलुका अविरल वर्षासँगै माथि पहाडबाट खसेको ढुङ्गा लागेको थियो । चौहानका आमा छोरी केही दिन अघि मात्र माथागढी रहवासबाट माइतीघर तिनाउँ श्रीडाडा आएकी थिइन् ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Comments