Ultimate magazine theme for WordPress.

बढ्यो पेट्रोलको मूल्य

109

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो।

मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।

निगमले अंग्रेजी महिनाको १ र १६ गते मूल्य समायोजन गर्छ। इण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।

नयाँ समायोजन गरिएको मूल्य वीरगन्ज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमले जानकारी दिएको छ।

Comments
Loading...