Ultimate magazine theme for WordPress.

सर्पको टोकाइबाट अर्घाखाँचीको ढिकुरामा एक व्यक्तीको ज्यान गयो

- हरिप्रसाद भुसाल

262

पहिलो अपडेट / भदौ १६ अर्घाखाँची

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ९ मा सर्पको टोकाइबाट एकजनाको ज्यान गएको छ ।

ढिकुरा घैयावारी काफ्ले निवासी ४५ वर्षिय शेर बहादुर वि.क.को जिल्ला अस्पतालमा उपचार भइ थप उपचारको लागि कपिलवस्तु लैजाँदै गर्दा आज साँझ बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक प्रकाश खत्रीले पहिलो अपडेट डटकमलाई जानकारी दिए ।

१४ गते साँझ करीव ८ वजे गाउँबाट घर फर्कने क्रममा बिकलाई सर्पले टोकेको र आजमात्र उपचारको लागि सन्धिखर्क ल्याइएको बुझिएको छ । प्राप्त जानकारी अनुसार गाउँमै प्रथमिक उपचारको लागि प्रयास गरी आज मात्रै सन्धिखर्कमा ल्याइएको थियो ।

अर्घाखााची जिल्लाको शितगंगा नगरपालिकामा पनि केही दिन अघि एक व्यक्तिको सर्पको टोकाइकै कारण ज्यान गएको थियो ।

Comments
Loading...