Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा लकडाउन पुन थपिदै

945

पहिलो अपडेट / भदौ १६, अर्घाखाँची

अर्घाखाँचीमा जोखिम बढेको भन्दै भदौ ३ गतेबाट शुरु भएको लकडाउन पुन एक हप्ता थपिने भएको छ ।

दोस्रो पटकको परिक्षणमा पनि समुदाय स्तरमा कोरानाको संक्रमण भेटिएपछि डिसीसीएमसीको बैठक बसी केही परिमार्जन सहित लकडाउन कायमै राख्ने मनस्थितीमा स्थानीय प्रशासन पुगेको हो ।

“लकडाउन थपिएकै अवस्था त होइन तर थपिन संभावना छ ।” पहिलो अपडेट डटकमसंग कुराकानी गदैृ सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले भने “यस सम्वन्धमा अन्तिम निर्णय भोली बस्ने डिसीसीएमसीको बैठकले गर्नेछ ।”

यसैविच आज भएको सरोकारवालाको बैठकमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले केही परिमार्जन सहित लकडाउन कायमै राख्ने आशय व्यक्त गरेका थिए ।

“ एकहप्ता अलिक फरक ढंगको लकडाउनको अभ्यास गरौं । त्यसपछि परिस्थिती हेरेर थप निर्णय लिऔंला ।” मंगलवार दिउसो विभिन्न पक्षसंग भएका पचियात्मक भेटघाटमा प्रजिअ पौडेलले लकडाउन एक हप्ता थपिने प्रष्ट संकेत गरेका थिए ।

छिमेकी जिल्लाहरुमा कोरोनाको उच्च जोखिम देखीएपछि अर्घाखाँची जिल्लामा पनि भदौ ३ गते विहान देखी एक हप्ता लामो लकडाउन घोषणा गरिएको थियो । भने १० गते पुन एकहप्ता थप गरी १७ गतेसम्म लकडाउन कायम राखिएको थियो ।

Comments
Loading...