Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा आज थपिए सात जना संक्रमित ! कर्मचारी, तरकारी व्यापारी देखी २ वर्षिय बालकसम्म

- हरिप्रसाद भुसाल

2,385

पहिलो अपडेट / भदौ १५, अर्घाखाँची

अर्घाखाँची जिल्लामा आज एकैदिन कोरोनाका सात जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीले केही दिन अघि स्वाव संकलन गरी पठाएको मध्ये सातजनाको आज पोजेटिभ रिपोर्ट आएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी विजय बरालका अनुसार १११ जनाको स्वाव परिक्षणको लागि पठाइएकोमा ९७ जनाको यसअघि नै नेगेटिभ नतिजा प्राप्त भएको थियो । आज साँत जनाको पोजेटिभ नतिजा आएको हो भने अझै सात जनाको रिपोर्ट आउन बाँकी छ ।

आज थपिएका सातैजना समुदाय स्तरका हुन् । बरालले पहिलो अपडेट डटकमलाई दिएको जानकारी अनुसार आज रिपोर्ट आएका मध्ये १ जना शितगंगा नगरपालिकाका हुन भने बाँकी ६ जना सन्धिखर्क नगरपालिकाका हुन् ।

प्राप्त जानकारी अनुसार आज भेटिएका एकजना जिल्ला अस्पतालमा कार्यरत कर्मचारी हुन भने एकजना उनकै २ वर्षिय छोरा हुन् । त्यस्तै सन्धिखर्कका १ र शितगंगाका १ गरी २ जना भारतबाट आइ होम क्वारेन्टाइनमा बसेका व्यक्ति हुन । त्यसैगरी १ जना सिंचाई कार्यालयका कर्मचारी हुन भने १ जना युएसएआइडी अन्तरगतको किसान परियोजनामा काम गर्ने कर्मचारी हुन् । त्यस्तै अर्को १ जना स.न.पा. ६ का तरकारी व्यवसायी हुन । जसले सन्धिखर्क बजारमा तरकारी विक्री वितरण गर्ने गरेका थिए ।

Comments
Loading...