Ultimate magazine theme for WordPress.

कोरोनाको वास्ता नगरी अर्घाखाँचीमा मनाईयो मुहररम पर्व, संक्रमण फैलिने डर (भिडियो सहित)

339

पहिलो अपडेट / भदौ १५, अर्घाखाँची
सावधानी समेत नअपनाई मुहररम पर्व मनाउदा अर्घाखाँची जिल्लामा कोरोना समुदायस्तरमा फैलने चिन्ता बढेको छ ।

छत्रदेव गाउपालिका वार्ड नम्बर १ र २ बल्कोट र चिदिका का मुस्लिम समुदायले कोरोनाको जोखिमका विच सावधानी नै नअपनाई पर्व मनाउदा संक्रमणकोा जोखिम बढेको हो ।


चाड मनाउनको लागि बाहिरी जिल्ला कपिलवस्तु ,रुपन्देही ,दाङ्ग, प्युठान गुल्मी, बाके र पाल्पाबाट समेत मुस्लिम धर्मावलम्वीहरु भेला भएको बुझिएको छ । अर्घाखाँची जिल्लामा समुदायमा समेत फैलिएको कोरोना संक्रमण लाई बेवास्ता गर्दै छत्रदेव गाउपालिकाका मुस्लिम समुदायले मुहररम पर्व मनाउदा स्थानीय सरकार र स्थानिय प्रशासन को कुनै चासो देखिएन ।

यस घटनाले विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ समुदायमा थप संक्रमण फैलिन सक्ने धेरै संभावना रहनसक्छ । यस विषयमा सरोकारवालाको ध्यान आकृष्ट होस् ।

Comments
Loading...