शितगंगामा सर्पको टोकाईबाट मृत्य, शवलाई ब्युताउछु भन्ने बाबा प्रहरी नियन्त्रणमा, शवको दाहसंस्कार
- हरिप्रसाद भुसाल
पहिलो अपडेट / भदौ १५, अर्घाखाँची
अर्घाखाँची । अस्पतालले मृत घोषणा गरिसकेको शवलाई ब्युझाउछु भन्ने बाबालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–५ जुकेनामा सर्पले डस्दा ३५ वर्षिय यम बहादुर बेल्बासेलाई अस्पतालले मृत घोषणा गरेको लामो समयसम्म पनि झारफुकबाट ब्युझाउने भन्दै जुकेना पुगेका बाबा भनिने कपिलवस्तु निवासी ७० वर्षिय कर्ताराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका बाबालाई अव उप्रान्त यस्तो भ्रम नफैलाउने कागज गरी उनका आफन्तहरुलाई नै जिम्मा लगाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
यसअघि अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–५ जुकेनामा सर्पले डस्दा ३५ वर्षिय यम बहादुर बेल्बासेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईतवार दिउँसो मृत्यु भएको थियो । शनिवार राति सर्पले डसेका बेल्बासेलाई भौगोलिक विकटता र सवारीको पहुँच नहुँदा आईतवार बिहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
अस्पतालले समेत मृत घोषणा गरिसकेपछी परिवारले शव दाहसंस्कार गर्न स्थानिय चक्ला–जुकेना सडकखण्डको भाविनघाट लैजादै गर्दा एक जना मृतकका आफन्तले तान्त्रिकसंग सम्पर्क गरे । तान्त्रिकले मैले ब्युँझाउन सक्छु भने । अस्पतालले मृत घोषणा गरेको शवलाई चार घंन्टामा ब्युँझाउने तान्त्रिकका कुराले परिवार झसंग भयो । आश मरिसकेको र दाहसंस्कारका लागी घाट लैजादै गर्दा त्यो कुराले उनीहरुमा आशाको किरण देखियो ।
यही विचमा हिजो आएर तान्त्रिकले केही विधी प्रयोग गरे । तर शव ब्युचाउन आएका भनिएका बाबाले ब्युचाउन सक्ने कुनै अवस्था नदेखेपछि आउनसक्ने सम्भावित खतराबाट बचाउन आफुहरुले बाबालाई नियन्त्रणमा लिएको बस्नेततले बताए । बस्नेतका अनुसार यो समाचार तयार पार्दै गर्दा मृतकको दाहसंस्कार भैरहेको छ भने कागज गरी बाबालाई आफन्तको जिम्मा लगाइदै छ ।