Ultimate magazine theme for WordPress.

अस्पतालले मृत घोषणा गरिसकेको शवलाई तान्त्रिकले ब्युँझाउँछु भनेपछी दाहसंस्कारमा ढिलाई

1,012

अर्घाखाँची । अस्पतालले मृत घोषणा गरिसकेको शवलाई तान्त्रिकले ब्युँझाईदिने भनेपछी शवको दाहसंस्कारमा ढिलाई भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–५ जुकेनामा सर्पले डस्दा ३५ वर्षिय यम बहादुर बेल्बासेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईतवार दिउँसो मृत्यु भएको थियो । शनिवार राति सर्पले डसेका बेल्बासेलाई भौगोलिक विकटता र सवारीको पहुँच नहुँदा आईतवार बिहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।

शितगंगा–५ का वडा अध्यक्ष कमल पौडेलका अनुसार बिरामीको अवस्था गम्भिर भएपछी सर्पदंश उपचार केन्द्र गोरुसिंगेले लसम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । एक्लो बस्ती भएका कारण शनिवार कुनै चाँसो नलिएपछी बिस्तारै विषले असर देखाउन सुरु गरेको थियो । पहाडको सर्पले टोकेर खासै बिष नलाग्ने सोंचाई र लकडाउनका कारण सवारी साधनको सरल पहुँच नभएपछी सर्पले टोकेको झन्डै १६ घन्टापछी मात्र उनलाई गोरुसिङ्गे पु¥याईएको थियो ।

अस्पतालले समेत मृत घोषणा गरिसकेपछी परिवारले शव दाहसंस्कार गर्न स्थानिय चक्ला–जुकेना सडकखण्डको भाविनघाट लैजादै गर्दा एक जना तान्त्रिकको फोन आयो र मैले ब्युँझाउन सक्छु भने । अस्पतालले मृत घोषणा गरेको शवलाई चार घंटामा ब्युँझाउने तान्त्रिकका कुराले परिवार झसंग भयो । आश मरिसकेको र दाहसंस्कारका लागी घाट लैजादै गर्दा त्यो कुराले उनीहरुमा आशाको किरण देखियो ।

विज्ञानले मृत स्विकारेको कुरा तान्त्रिकले स्विकारेनन् । उनले दुई घंटादेखी प्रयास गरिरहेका छन् । झोलामा जरिबुटी ल्याएका उनले सर्पले डसेको ठाउँमा औषधोपचार गरिरहेका छन् । तर, शवले हलचल गरेको छैन । तान्त्रिकको कुराले पलाएको आशा उनका विफल प्रयाससंगै विस्तारै आश मर्दै गएको घटनास्थलमा उपस्थित रहेका स्थानिय पान बहादुर नेपालीले बताए । ‘तान्त्रिकले चार घन्टा बाटो हेर्न भनेका छन्, उनले भने, तान्त्रिकले भने अनुसार चार घण्टा बाटो हेर्छौ ।’
उनलाई अस्पतालले मृत घोषणा गरेको करिब ८ घन्टा भईसकेको छ ।

(लक्ष्मण घिमिरेले लेख्नुभएको यो समाचार हामीले लुम्विनीपोष्ट डटकमबाट साभार गरेका हौं । -सम्पादक)

Comments
Loading...