Ultimate magazine theme for WordPress.

अर्घाखाँचीको शितगगांमा सर्पको टोकाईबाट एक जनाको मृत्यु

298

अर्घाखाँची । उपचारमा ढिलाई हुँदा अर्घाखाँचीको शितगगांमा सर्पको टोकाईबाट एक जनाको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर–५ जुकेनामा सर्पले डस्दा ३५ वर्षिय यम बहादुर बेल्बासेको मृत्यु भएको वडा अध्यक्ष कमल पौडेलले जानकारी दिए ।

शनिवार राति सर्पले डसेका बेल्बासेलाई भौगोलिक विकटता र सवारीको पहुँच नहुँदा आईतवार बिहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । बिरामीको अवस्था गम्भिर भएपछी सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो । थप उपचारका लागि बुटबल लैजाँदै गर्दा बेल्बासेको बाटोमै मृत्यु भएको हो । एक्लो बस्ती भएका कारण शनिवार कुनै चाँसो नलिएपछी बिस्तारै विषले असर देखाउन सुरु गरेको थियो ।

विषको असर शरीरमा देखिएपछि मात्र बेल्बासेलाई अस्पताल लैजाने सुर गरिएको थियो । पहाडको सर्पले टोकेर खासै बिष नलाग्ने सोंचाई र लकडाउनका कारण सवारी साधनको सरल पहुँच नभएपछी सर्पले टोकेको झन्डै १६ घन्टापछी मात्र उनलाई गोरुसिङ्गे पु¥याईएको थियो ।

(लक्ष्मण घिमिरेले लेख्नुभएको यो समाचार हामीले लुम्विनीपोष्ट डटकमबाट साभार गरेका हौं । -सम्पादक)

Comments
Loading...