१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अन सार कैलाली जानकी गाउँपालिका-९ का लोकेन्द्र रावत, कुमार कडारा, शंकर विश्वकर्मा र दीपक कडारालाई आइतबार बिहान पक्राउ गरिएको हो।
भदौ ११ गते राति १० बजे काकाको घरबाट आफ्नो घर गइरहँदा बाटोमा ती युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
किशोरीलाई खेतमा लगेर डर-त्रास देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ इलाका प्रहरी कार्यालय टीकापुरले घटनापछि फरार आरोपीको खोजी थालेको थियो।
चारै जनालाई जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।