Ultimate magazine theme for WordPress.

भक्तपुरमा ६५ वर्षीय कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

66

भक्तपुर — भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । उच्च रक्तचाप, महुमेहका बिरामी ती पुरुषको भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते (शुक्रबार) संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेको भक्तपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए । होम आइसोलेसनमै स्वास्थ्यलाभ गरिरहेका ती पुरुषको शनिबार राति मृत्यु भएको उनले बताए ।

कोरोना भाइरस पुष्टि भएपछि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान समस्या हुने भन्दै होम आइसोलेसनमा राखेको खत्रीले बताए । मृतकका परिवार सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भएको जनाएको छ ।

मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । जसमध्ये, ४ जना महिला र ३ जना पुरुष छन् ।
Source : ekantipur.com

Comments
Loading...