Ultimate magazine theme for WordPress.

अर्घाखाँचीको छत्रदेवका कोरोना संक्रमित न्यौपानेको काठमाण्डौमा मृत्यु

- हरिप्रसाद भुसाल

2,370

पहिलो अपडेट / भदौ. ११ अर्घाखाँची

अर्घाखाँची जिल्ला छत्रदेव गाउपालिका निवासी ४८ वर्षिय एकजनाको कोरोना संक्रमणका कारण काठमाण्डौमा ज्यान गएको छ ।

केही समयदेखि काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ११ मा बस्दै आएका जिल्लाको छत्रदेव गाँउँपालिका वडा नं. ७ काउले देउराली निवासी कृष्ण न्यौपानेको काठमाण्डौ किष्ट अस्पतालमा गएराती ज्यान गएको हो ।

कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्राप्त जानकारी अनुसार न्यौपानेको सपरिवारमा नै कोरोना पोजेटिभ देखिएको छ । न्यौपानेकी श्रीमतीको विर अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था समेत गम्भिर रहेको पहिलो अपडेट डटकमलाई पारिवारीक स्रोतले जानकारी दिएको छ ।

Comments
Loading...