Ultimate magazine theme for WordPress.

प्रधानमन्त्री र उर्जामन्त्री असन्तुष्ट भएपछी कुलमानको बहिर्गमन निश्चित

382

पहिलो अपडेट / भाद्र १०, काठमाण्डौ
काठमाडौं, १० भाद्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त पदमा निरन्तरता नपाउने भएका छन् । उनको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै असन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नियुक्ति नपाउने भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै असन्तुष्ट भएका छन् । उनी लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषय बालुवाटारमा समेत उठेको छ ।

पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट समेत बालुवाटारमा पुगेको छ । सामाजिक सञ्जालमा लोकप्रीयता देखाउने र सरकारलाई नियुक्तिका लागि वाध्य बनाउने घिसिङको रणनीतितर्फ समेत ध्यान दिई असन्तुष्टिहरु बढेको छ ।

Source : Reportersnepal.com

Comments
Loading...