पहिलो अपडेट / भदौ ८, अर्घाखाँची
यही भदौ ६ गते भूमिकास्थान नगरपालिका वडा नं. १ मा नेकपा परित्याग गरी राष्टिय जनमोर्चामा प्रवेश गरेका मध्ये पाँच जनाले आफुहरु जनमोर्चामै रहेको बताएका छन् ।
स्थानीय पुष्पराज खनाल, बिष्णु प्रसाद खनाल, जागेस्वर खनाल, पदमप्रसाद खनाल र प्रकाश खनालले आज संयुक्त विज्ञप्ती जारी गर्दै आफुहरुले सक्रिय रुपमा राष्टिय जनमोर्चामा रहेर काम गरिरहेको जानकारी दिएका हुन् ।
आज स्थानीय पुष्पराज खनाल, बिष्णु प्रसाद खनाल, जागेस्वर खनाल, पदमप्रसाद खनाल र प्रकाश खनालले संयुक्त रुपमा विज्ञप्ती जारी गरेको भएपनि विज्ञप्तीमा चारजनाको मात्र हस्ताक्षर रहेको छ ।
हेर्नुहोस विज्ञप्तीको पूर्ण पाठ :
यसअघि नेकपा नेता प्रेम गैरे, भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा सहितका नेताहरुको उपस्थितीमा हिजो केही व्यक्तिहरुले आफुहरु नेकपामै रहेको र जनमोर्चामा प्रवेश गरेको हल्ला निराधार रहेको बताएका थिए । यसमा १३ जनाको नाम उल्लेखित भएपनि १० जनाको मात्र हस्ताक्षर रहेको थियो ।
हेर्नुहोस विज्ञप्तीको पूर्ण पाठ :