पहिलो अपडेट भदौ ७, अर्घाखाँची
अर्घाखाँची जिल्ला अस्पतालका स्वास्थ्यकर्मिहरुमा कोभिड–१९ पोजेटिभ देखिए संगै जिल्ला अस्पताल अर्घाखाँचीले आकस्मिक र प्रसुति सेवा वाहेकका सबै सेवा बन्द गरेको छ ।
जिल्ला अस्पतालमा आजबाट अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक र प्रसुति सेवा गरिएको जिल्ला अस्पतालका नि. प्रमुख डा. कपिल गौतमले जानकारी दिएका छन् ।
आज जिल्ला अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सहित १३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।