पहिलो अपडेट / भदौ ७, अर्घाखाँची
अर्घाखाँची जिल्लामा २ स्वास्थ्यकर्मी सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय अर्घाखाँचीमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सहित १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ ।
केही दिनअघि उनीहरुको स्वाब संकलन गरि प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको थियो ।
सोही स्वाबको परिक्षण रिपोर्ट आज ११ बजे आएको हो । स्वास्थकर्मीसहित आज कोरोना पुष्टि भएका केही क्वारेन्टाईनका र केही समुदायमा रहेका ब्यक्ति रहेको बताईएको छ ।