Ultimate magazine theme for WordPress.

जनमोर्चा प्रवेश गरेका भनिएकाहरुको एउटै स्वर : हामी नेकपामै छौं

543

पहिलो अपडेट / भदौ ७, अर्घाखाँची

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ कुसुन्मारेमा केही दिन अघि नेकपा परित्याग गरी राष्टिय जनमोर्चामा प्रवेश गरेका भनिएकाहरुले आफुहरु नेकपामै रहेको बताएका छन् ।

आज सामुहिक विज्ञप्ती जारी गर्दै १३ जनाले आफुहरुलाई झुक्याएर जनमोर्चा प्रवेश गरेको भनि हल्ला गरिएको भन्दै आफुहरुको आस्था नडगमगाएको बरु अवदेखी थप सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाएका हुन् ।

नेकपा जिल्ला सदस्य प्रेमनारायण गैरे, भूमिकास्थान नगरपालिकाका नगर प्रमुख समेत रहेका नेकपाका जिल्ला सदस्य रेशम थापासहित स्थानीय नेताहरुको उपस्थितीमा उनीहरुले आफुहरु नेकपामै रहेको स्पष्टिकरण दिएका हुन् ।

हिजो प्रवेश गरेका भनिएकाहरु मध्ये “दुई तिन जना बाहेक सवै उपस्थित हुनुहुन्थ्यो ।” नेता गैरेले पहिलो अपडेटसित भने “तर उपस्थित हुन नसकेपनि हामी नेकपा मै छौं भन्नुभएको छ ।”

Comments
Loading...