केही उर्जावान भनाईहरु
मानिसको परिक्षा विपत्तिमा हुन्छ र रोईकराई गरेर चोट निको हुँदैन ।
महात्मा गान्धी
आपत्तिमा धैर्य, धर्म, मित्र र नारीको परीक्षा हुन्छ ।
तुलसीदास
परीक्षामा उही खरो साबित हुन्छ जसमा आत्मविश्वास छ ।
इमर्सन
प्रकृति हरपल तिम्रो परीक्षा लिन्छ र त्यस्तै फल दिन्छ ।
चाणक्य
कठिन काम पर्दा नोकरको, सङ्कटमा इष्टमित्रको, आपत्मा मित्रको तथा धननाशमा स्त्रीको परीक्षा हुन्छ ।
चाणक्य
परिक्षा त्यतिबेला तिमीलाई कठिन लाग्छ जतिबेला परिश्रमका साथ तयारी गर्दैनौँ । कम्मर लागिपरे तिमी असफल हुने कारण छैन ।
अज्ञात
प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ ।
साइबाबा
जहाँ पवित्रता छ, त्यहीँ निर्भयता हुन सक्छ ।
महात्मा गान्धी
यदि मन पवित्र छ भने तीर्थाटनको फल पनि घरमा नै प्राप्ती हुन जान्छ ।
अज्ञात
जब तिमी आफ्नो चिन्ता छाड्छौ त्यतिबेला तिम्रो हृदय पवित्र हुन्छ अनि तिमी अरुलाई पवित्र पार्न सक्छौ ।
लियो टाल्स्टाय
तिमी हिउँजस्तो पवित्र र कञ्चन बन, तिमीले कसैको निन्दाबाट डराउनु पर्दैन ।
विलियम शेक्सपियर
नदी आफ्नो उद्गम स्थानमा सधैँ धेरै पवित्र हुन्छ ।
पास्कल
आफ्नो पूरा शक्तिबाट आफ्नो पवित्रताको रक्षा गर ।
लियो टाल्स्टाय
जुन कर्म गरेर पछि पछुताउनु पर्दैन, त्यस्तो काम पहिले नै गर्नु हुँदैन ।
विदुर
पश्चाताप हृदयको बिलौना हो र स्वच्छ जीवनको उदय पनि ।
शेक्सपियर
मलाई कुनै पछुतो छैन किनकि मैले कहिल्यै कसैलाई नराम्रो गरिनँ ।
महात्मा गान्धी
आफूमा जेजस्तो खराबी भए पनि त्यो कुरा स्वीकार्नुपर्छ र क्षमायाचना गर्नुपर्छ । यही पश्चातापको अशं हो ।
बुद्ध