Ultimate magazine theme for WordPress.

नेपाल स्वयंसेवक संघ धर्म संस्कृति संगठन जिल्ला कार्य समिति रुपन्देहीको प्रथम वैठक सम्पन्न

85

नेपाल स्वयंसेवक संघ धर्म संस्कृति संगठन जिल्ला कार्य समिति रुपन्देहीको प्रथम औपचारिक बैठक संगठन विस्तार नयाँ योजना उद्देश्य तथा कार्यहरुको छलफलका साथ श्रीदुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा ०१ नयाँमिलको प्राङ्गणमा विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।।

बैठकमा बोल्दै अध्यक्ष अर्यालले देशको सेवक भएर विकृति विसङ्गतिहरुलाई चिरफार गर्दै युवाशक्तिले नै देश बदल्न सक्छन् र हरकोही देशको सेवा गर्न जनताको मालिक भएर हैन आफैलाई सेवक सम्झेर आफ्नो उद्देश्यमा लाग्नुपर्ने बताउनुभयो ।।

अब सबै एकजुट भै राष्ट्रसेवामा लाग्ने राष्ट्रियता र धर्मजागरणमा सक्रिय भै कार्य गर्ने दृढ संकल्प गरिएको उपाध्यक्ष त्रिभुवन न्यौपानेले बताउनुभयो ।।

बैठकमा अध्यक्ष धर्मराज अर्याल , उपाध्यक्ष त्रिभुवन न्यौपाने , कोषाध्यक्ष बद्री भट्टराई , सह सचिव रोशन पौडेल , सहकोषाध्यक्ष रोशन भण्डारी , सदस्यहरु इन्द्र न्यौपाने र अर्जुन भुसालको सहभागीता रहेको सह सचिव रोशन पौडेलले जानकारी दिनुभएको छ ।।

Comments
Loading...