Ultimate magazine theme for WordPress.

जन्मदिनको अवसरमा बालिकाद्वारा विपन्नलाई कपडा र भोजन सहयोग

1,180

पहिलो अपडेट / साउन २२, अर्घाखाँची

अर्घाखाँची जिल्लाको बाँगी निवासी बालिका एलिसा पराजुलीले आफ्नो जन्मदिनको अवसरमा एक वृद्धलाई कपडा तथा भोजन सहयोग गरेकी छन् ।

सन्धिखर्कमा करीव १४ वर्षदेखी बस्दै आएका मालारानी गाउँपालिका वडा नं. ७ साकिन्धारा निवासी दण्ड बहादुर कामीलाई एक सेट टिर्सट, ट्राउजर र भोजनको लागि तीन हजार रुपियाँ राम प्रसाद पराजुली र शुशिला पराजुलीकी छोरी एन्जिलाको तर्फबाट हस्तान्तरण गरिएको हो ।

१५ दिन बिहान बेलुका खानाको लागि एकमुष्ठ होटलसंग समन्वय गर्न खोजेको भएपनि कामी आफैले “होइन, म आफै किनेरै खान्छु, एकैठाउँ खाँदा झ्याउ मान्छन्” भनेपछि नगद तीन हजार उनैलाई बुझाइएको बालिका पराजुलीले बताइन ।

छोराछोरी र परिवारका अन्य सदस्यहरु नभएका कामीले लामो समयदेखी सन्धिखर्कमा मागेर गुजारा गर्दै आएका छन् ।

परिवारका सदस्य कोही नभएपनि नियमित रुपमा बृद्धभत्ता वडाबाट बुझेर आफुले बुझाईदिने गरेको सहयोगी विसीले बताए । “उनको कार्ड पनि मसित छ ।” विसीले भनेर “वडासंग समन्वय गरेर नियमित रुपमा बृदभत्ता उनको हातमा बुझाईदिने गरेको छु ।”

Comments
Loading...