Ultimate magazine theme for WordPress.

मथुराधामकाे विकासकाे लागि गुरुयाेजना तयारि समिति गठन

मथुराधामको विकासमा काठमाडौंको चासो

155

साउन १८ / पहिलाे अपडेट

मथुरा वृद्धाश्रम गोपेश्वरपीठको समग्र विकासका लागि स्थानीय जनताको पहलमा श्री ढुण्डिराज अधिकारीको अध्यक्षतामा नवगठित कार्यसमितिले मथुराधामको वृहत्तर विकासका लागि विद्वतबर्ग , समाजका अग्रजहरूको राय लिई चरणबद्ध कार्यक्रम संचालन गर्ने अवधारणा बनाए बमाेजिम काठमाण्डाैमा तीन सदस्यिय गुरुयाेजना तयारि समिति गठन गरिएकाे छ ।

श्रावण १६ गते बुढानीलकण्ठ स्थित पार्क भिलिजमा श्री मोदनाथ प्रश्रित, डा गोविन्द टण्डन , चंद्रकान्त आचार्य , नारायण भट्टराई , बुद्धि भुसाल, मुक्ति रिजाल ,भरत आचार्य , अर्जुन अधिकारी , सुनिता अधिकारी आदि बरिष्ठ व्यक्तित्वहरू संमिलित विज्ञटोलीको बैठक बसी ई. भरत आचार्यको संयोजकत्वमा नारायण भट्टराई र अर्जुन अधिकारी संमिलित तीन सदश्यीय गुरूयोजना तयारी समिति गठन गरेको छ ।

शान्ता मानवीको संयोजकत्वमा सम्पन्न सो सभामा मथुराधामको ऐतिहासिक-सामाजिक-धार्मिक-सांस्कृतिक प्राकृतिक महत्व बारे चर्चा भएको थियो । मानवि पिठकाे काठमाण्डाै समन्वय समिति अध्यक्ष समेत हुनुहुन्छ ।

महाभारतकालीन महान प्रतापी बार्बरिक समाधीस्थल समेत रहेको यो क्षत्रलाई योगी नरहरिनाथको अगुवाइमा २०४३ सालमा भएको विद्वत भेलाले मथुराधामलाई “ पँचकोशी केन्द्र “ घोषित गरेको थियो ।

Comments
Loading...