Ultimate magazine theme for WordPress.

समाजसेवी अधिकारीको सक्रियतामा काठमाण्डौमा गोपेश्वर पीठ काठमाण्डौ समन्वय समिति गठन

133

पहिलो अपडेट / साउन १४ काठमाण्डौ

समाजसेवी अर्जुन अधिकारीको सक्रियतामा काठमाण्डौमा गोपेश्वर पीठ काठमाण्डौ समन्वय समिति गठन गरिएको छ ।

पूर्व मन्त्री शान्ता मानवीको संयोजकत्वमा समन्वय समिति गठन भएको अधिकारीले जानकारी दिनुभएको छ ।

पूर्व मन्त्री एवं माननीय टोप बहादुर रायमाझी, पूर्व सांसद तथा सप्ताह महायज्ञका अध्यक्ष डा राम बहादुर बीसी, साहित्यकार ई. चन्द्राकान्त आचार्य, समाजसेबी नारायण भट्टराई, साहित्यकार एवं समाजसेवी हेमराज पाण्डे र युवा बयबसायी श्रीमती सुनिता अधिकारी लगायतको उपस्थितीमा समिति गठन गरिएको हो ।

अधिकारीकै पहल र सक्रियतमा केही दिन अघि सन्धिखर्क नगरपालिका वडा नं. ५ मा रहेको गोपेश्वर पीठको साधारण सभा सम्पन्न भएको थियो । जसले नयाँ नेतृत्व समेत चयन गरेको थियो ।

मथुराधामको गुरुयोजनाका साथ तिव्र गतिमा विकास गर्नको लागि सक्रियता देखाउनुभएका अधिकारीले अवको केही दिनमै बुटवलमा समेत समन्वय समिति गठन गर्ने तयारी भैरहेको जानकारी दिनुभएको छ ।

Comments
Loading...