प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले स्थगित गरेपनि बालुवाटारमा भेला भएका नेकपा स्थायी कमिटिी सदस्यहरु छलफलमा जुटेका छन् ।
छलफलमा नेताहरुले आआफ्ना धारणाहरु राख्ने क्रम जारी छ । बैठकको शुरुमै पार्टी बचाउनका लागि सवैको दायित्व हुने प्रचण्डले बताएका थिए । स्रोतका अनुसार बैठकको शुरुमै प्रचण्डले यो स्थायी कमिटीको बैठक नभई बहुमत स्थाई कमिटी सदस्यहरुको बैठक भएको बताएका थिए ।
बैठकमै कुरा राख्ने केकपा नेता भिम रावलले पदीय लडाईका कारण आफुहरु बद्नाम भएको भन्दै पदीय लडाईआ आफु नरहेको बताएका थिए ।
“ओलीसँग तपाईं (प्रचण्ड) को हुने पदको झगडामा म सामेल छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन ” रावलले भने “वामदेवको प्रस्ताव राम्रो छ । पदका लागि यो झगडाले मुख देखाउन लायक भएनौ ।”
रावललाई नेकपा नेता माधव कुमार नेपाल गुटको खम्बाको रुपमा हेर्ने गरीन्छ ।