मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।
तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. जिन्दगीका आफ्नै नियम छन जसले हामीलाइ बाचुन्जेल बाधेर राखेको हुन्छ ।
२. मन दुख्दै गरोस केहि फरक पर्दैन बस दुखाउने आफ्ना नभए भो ।
३. मर्न देखि डर लाग्दैन बरु मरेपछि रुने हरुको आशुको पिर लाग्छ ।
४. अक्सर अरुको दुखमा साथ दिने मान्छे आफुलाइ दुख पर्दा प्राय एक्लै हुन्छ ।
५. झुठो बोलेर कसैको प्रिय नबन सत्य थाहा पाए पछि जिन्दगीभर कसैले तिमिलाइ आफ्नो भन्दैनन ।
६. जिन्दगी जसोतसो बितेको छ, खुशीको त आश गर्दिन बस रुन नपरोस ।
७. मैले तिमिलाइ बिश्वास गरे आफ्नो माने, अब तिमिलाइ के लाग्छ स्वार्थ या साचो माया त्यो तिम्रो आफ्नो बिचार हो ।
८. एकचोटि बिर्सीसके पछि सम्झनुको कुनै अर्थ रहदैन, किनकी माया नै हो भने उसलाइ जिन्दगीभर कहिल्यै बिर्सन नै सकिदैन ।
९. तिम्रो खुशी भन्दा ठुलो मेरो लागि अरु केहि होइन, दुख त तिम्रो खुशीले नै पार लगाइदिन्छन ।
१०. तस्वीर जस्तोसुकै होस बस मन राम्रो हुनुपर्छ दुनियाँले नराम्रो भन्दैमा केहि फरक पर्दैन । जिन्दगी छ र पो म छु । डीयर जिन्दगी ।
नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।