Ultimate magazine theme for WordPress.

१० लाईनहरु, जसले तपाईको समझदारी र असमझदारीको वर्णन गर्दछ

300

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. एक समझदार मान्छे त्यहि हो जो अरुको प्रगति देखेर जल्दैन बरु तिनीहरुको बिषेशता बाट आफुले पनि केहि सिक्दछ ।

२. एउटा गल्ति बाट सिख सिकेर अगाडी बढ्ने समझदार हो तर त्यहि गल्ति बारम्बार दोहोर्याई रहने मुर्ख हो ।

३. दुखको बेला एउटा समझदार मान्छेले सधै बाटो खोज्ने कोशिस गर्छ तर एउटा असमझदार मान्छेले सधै बहाना खोज्ने गर्छ ।

४. राम्रो देखिने मान्छे सधै समझदार हुन्छन भन्ने छैन तर समझदार मान्छेहरु सबै राम्रो हुने गर्छन ।

५. लडाई झगडाको बेला एउटा समझदार मान्छे सधै एक पाईला पछाडी नै सर्ने गर्दछ जबकी मुर्ख मान्छेहरु दुइ पाईला अगाडी सर्ने गर्दछन ।

६. जो मान्छे ठाउ, परिस्थिति र व्यक्ति अनुसार आफुलाई ढाल्ने कोशिस गर्न सक्छ त्यो नै समझदार मान्छेको पहिचान हो ।

७. एउटा समझदार मान्छेले कुनै पनि काम गर्नु भन्दा पहिला राम्रो मात्र हैन त्यसबाट हुन सक्ने नराम्रो सम्भावनाको लागि पनि आफुलाई तयार पार्न सुरु गर्छ ।

८. एउटा मुर्ख मान्छे आफुलाई अगाडी देखाउनको लागि नबुझी बोल्ने गर्छ तर एउटा समझदार मान्छे पहिला सबैको कुरा शान्त भएर सुन्छ, कुरा बुझ्छ र अन्तिममा बोल्ने गर्छ ।

९. मेहेनती र समझदार मान्छे कहिले पनि भिडको पछी लागेर भिडको हिस्सा बन्दैनन् बरु भिडलाई पछाडी छोडेर अगाडी बढ्ने गर्छन ।

१०. एक असल र समझदार मान्छे जहिले पनि आफ्नो चाहना र अधिकारको कुरा गर्दा अरुको अधिकार र चाहनाको पनि ख्याल राख्ने गर्छ ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Comments
Loading...