अर्घाखाँचीमा काँग्रेसको किल्लामा काँग्रेसकै ताला
छत्रदेव गाउँलिका वडा न ७ मा नेपालि काङ्ग्रेस वडाकमिटि द्वारा वडा कार्यलयमा तालाबन्दी
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाे वडा न.७ कार्यलयले अाफुखुसि पैसा बाडेकाे भन्दै नेपालि काङ्ग्रेस वडा कमिटीले आईतवार तालाबन्दी गरेकाे छ।
गाउँपालिकाबाट वडा न ७ लाई रू ६ लाख साठी हजार रुपैया विनाेयजन भएको खासगरी खेति किसानि गर्ने कृषक जाे वैदेशिक राेजगारि बाट घर फर्केका र पुन वैदेशिक राेजगारिमा जान नपाएका, परिवारमा कुनै वैदेशिक राेजगारिमा नगएका, काेराेनाकाे चपेटामा परि अार्थिक स्रोत कम्जोर भएका भनी विभिन्न शिर्षकमा छुट्टिएकाे थियाे।
साे रकम खासमा जाे पिडित छ,उसलाई वितरण नगरि अाफ्ना पाटिका कार्यकर्ता सरकारि कर्मचारी सङ्गठनका व्यति नातेदार लगाएतलाई वितरण गरेकाले र यस्तो अबस्थामा नि राजनिती गरेकाे र जाे पिडित छ उनिहरुले नै साे रकम पाउनु पर्ने माग सहित कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेकाे नेपाली काङ्ग्रेस छत्रदेव वडा कमिटीले जनाएको छ।
गाउँपालिका प्रमुख, उपप्रमुख सहितका पदमा नेपाली काँग्रेसको एकलौटी रहेको छत्रदेव गाउँपालिकाको कार्यपालिकामा काँग्रेसको स्पष्ट बहुमत रहेकोमा वडा नं. ७ मा भने नेकपा समर्थित व्यीक्त वडा अध्यक्ष निर्वाचित भएका थिए ।