Ultimate magazine theme for WordPress.

युवा नेताको फेसवुक युद्ध, के नेकपा विभाजनको संघारमा पुगेको हो ?

स्टाटस काण्डमा महर बिबादित दिपशिखा सन्तुलित ।

88

पहिलो अपडेट / साउन १०
नेकपाको भातृसंस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका संयोजक ऐन महरले शनिवार विहान स्टाटस लेखे “अध्यक्ष कमरेड प्रचण्ड सँग एउटा बिषयमा सहमत भैयो ः जसको नीति उसैको नेतृत्व ! जबजको नीति जबज पक्षधरकै नेतृत्व ।”
महरको यो स्टाटस दर्जनौं शेयर भयो, हजार भन्दा बढीले लाईक पनि गरे तर कमेन्टहरु भने विवादित आए । केहीले महरको पक्षमा नारा घन्काए भने केहीले महरले विवादित अभिव्यक्ति दिएर विभाजनलाई मलजल गरेको आरोप लगाए ।
महरको स्टाटसमा नेकपाका अर्का नेता दिपशिखाले जवाफ दिए “ ऐन कमरेड, अब बढी भयो । जबज या एक्काईशौं शदीको जनवाद मानेर एकता भएको होइन र एमाले या माओवादीमा कोहि प्रवेश गरेको पनि होईन । जिम्मेवारहरुले यस्ता कुतर्क गर्नुहुँदैन ।” कमेन्टमा आएको यो जवाफको महरले तत्कालै रिप्लाई दिए “ कमरेड एकपटक अध्यक्ष कमरेड प्रचण्डलाई पनि भन्ने हो कि ! पुस्पलाल स्मृतिको कार्यक्रममा जो उहाँले बोल्नु भएको छ त्यो बढी भयो कि भनेर ।”
यो वाकयुद्ध चलिरहेका बेला उता नेकपाका नेता समेत रहेका राष्टिय युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा दिपशिखाले फेसवुक स्टाटस लेखे “’जवज मान्नेजति नवगठित एमालेमा जाउ, एक्काइसौं शताब्दीको जनवाद मान्नेजति माओवादीमा जाउ’ हाम्रो पार्टी नेकपाको अहिलेको लाईन ’जनताको जनवाद’ हो ।
महाधिवेशनका लागि छलफल सुरु गर्ने निर्णय पार्टीले गरेपछि बहस गरौंला ।
’जबज र एक्काइसौं शताब्दीको जनवाद’ पुँजिवादी जनवादी क्रान्ति सम्पन्न गर्न बनाईएका कार्यक्रम हुन, लागु भईसकेकालाई छोड्ने र लागु हुन बाँकि दुबैका कार्यक्रम समेटेर समाजवादी क्रान्तिका कार्यक्रम सहितको सम्बृद्ध दस्तावेज सम्भवत पार्टी महाधिवेशनले बनाउँछ । किनभने कम्युनिस्ट पार्टीको क्रान्तिको कार्यक्रम छुन, चलाउन नमिल्ने धार्मिक ग्रन्थ होईन, हुनुहुँदैन ।”
दिपशिखाको यो जवाफमा महरले प्रतिक्रिया दिएका छैनन । दर्जनौं शेयर भएको दिपशिखाको यो स्टाटसमा “अव त अति भयो अली कडा बोल्नुस” देखी लिएर “आफै माओवादीमा फर्किए भो किन बकबक गरिरहेको ” सम्मका जवाफ आएपनि अधिकाँस कमेन्टहरु सन्तुलित देखिएका छन् ।
पार्टीभित्र आन्तरीक मतभेद रहेपनि पार्टी नेतृत्व सचेततापूर्वक विवाद सल्टाउने प्रयासमा लागिरहेका बेला युवा नेता भन्नेहरुको यो हर्कतले पार्टीलाई बनाउला की सक्ला ? समयमै सवै सचेत बनुुन् ।

Comments
Loading...