Ultimate magazine theme for WordPress.

लाटोसाथीको निधन, अर्घाखाँचीको साहित्य र पर्यटन क्षेत्रमा धक्का

152
अर्घाखाँची ३ साउन । अर्घाखाँचीको साहित्य र पर्यटन क्षेत्रले ठूलो धक्का महशुस गरेकोछ । लामो समयदेखि राजधानीमा रहेर प्राध्यापन एवम अनुसन्धानमा संलग्न रहदै प्रज्ञाप्रतिष्ठान लगायतका विभिन्न संरचनावाट अर्घाखाँचीको साहित्य र पर्यटनमा ठूलो हलचल ल्याउन सफल ब्यक्तित्व बिष्णुराज आत्रेय अर्थात लाटो साथीको निधनले यस्तो क्षेती भएको हो ।उहाको गएराती निधन भएको हो । वरिष्ठ साहित्यकार तथा प्राध्यापक डाक्टर विष्णुराज आत्रेय लाटो साथीको निधन भएको खवरले सिंगो देशका साहित्य प्रेमी भावविह्वल भएका छन् भने अर्घाखाँची वासीले ठूलो पीडा महशुस गरेको अर्घाखाँची सितगङ्गा नगरपालिका २ सितापुर मावली गाउका समाजेसेबी व्यक्तित्व केशब घिमिरेले वताउनु भयो ।
कपिलवस्तुको तौलिहवा निवासी साहित्यकार, संस्कृतविद तथा अनुसन्धानदाता आत्रेयको काठमाण्डौमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै सुपादेउराली समितिका सचिब यादब राज घिमिरेले जानकारी दिनु भयो । स्वर्गीय अत्रेय अर्थात लाटो साथी केहि समय देखि विरामी भई उपचाररत रहनु भएको थियो । उहाँ विभिन्न साहित्य, कला तथा संस्कृतीको क्षेत्रमा आवद्ध रहनु भएको थियो ।
उहाँले अर्घाखाँची एतिहाँसिक, पौराणीक, धार्मिक स्तलको अध्ययन संगै अनुसन्धान गर्दै आउनु भएको थियो । विशेषगरि उहाँले पतन्जलीको जन्म नेपालको शितगङ्गा नगरपालिका ऐरावती भएको हो यो विषयमा खोज गर्नु भएको थियो । कपिलधाम क्षेत्रमा देशका ख्याती प्राप्त श्रष्ठाहरुको शालिक स्थापना गर्ने अभियानमा सारथी हुनुहुन्थ्यो ।पश्चिम नेपालको ५ न.प्रदेश अन्तर्गत अर्घाखाँची जिल्ला पर्दछ त्यहाँबाट करिव ३५ किलोमिटर् बाणगङ्गा,सोमतिर्थ अन्तरगत योगिनिकोट,डमरुदह,सोमेस्वर, रावणशंख,कास्यपगुफा,सोम टासेको ठाउँ त्यसको नजिक शुर्पहस्ता भगवती सुपा देउरालि हुँदै नर्तनाचल पर्बत, पाणिनि तपोभुमी,दुर्गेस्वर गुफा पाणिनीको बिकाश र इतिहासमा छ ,कपिलधाम लक्ष्मणघाट धाम र श्रृङिगी ऋषिको धाम लगायतका धामलाई जोडेर चारधाम घोषणा गराउन सरकार संग उच्चस्तरीय लविङ गरि रहनु भएका आत्रेयको त्यो सपना भने अधुरै रहेको छ । उहाको जन्म १९९९/१२/८ गते गुल्मिमा भएको थियो बसाईसरि कपिलबस्तु नगरपालिका तौलिहवामा आउनुभएको थियो उहाको मावलीगाउँ सितगङ्गा नगरपालिका २ सितापुर सोमतिर्थ ढिकुरे घिमिरेहरु श्री जयकृष्ण घिमिरे बन्दुहरु धेरै नजिकोको सम्बन्ध थियो। ससुरालपनि अर्घाखाचि नुवाकोट हो। आजै उहाको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।उहाँको निधन प्रति जिल्लाका साहित्यीक क्षेत्रका स्रष्टा तथा विभिन्न सामाजिक संघ संस्थाले दुख व्यक्त गरेका छन् ।
Comments
Loading...