Ultimate magazine theme for WordPress.

हरेक घर क्वारेन्टाइन र हरेक घर आइसोलेसनको कन्सेप्ट बनाउनुपर्छ : भुसाल

218

जिल्ला स्तरीय कोभिड १९ समिक्षा तथा भावी रणनिती तय गर्ने विषयमा आयोजित कार्यक्रममा साझा पार्टीका तर्फबाट हरिप्रसाद भुसालबाट ब्यक्त विचार 

कार्यक्रमका सभाअध्यक्ष सहितका सम्पूर्ण सहभागीहरुमा हार्दिक अभिवादन । महत्वपूर्ण विषयको यस छलफलमा हामीलाई पनि आमन्त्रण गर्नुभएकोमा आयोजकप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

कोरोना नियन्त्रणको लागि जिल्ला स्तरबाट भएको प्रयास र केही साथीहरुले गर्नुभएको उत्कृष्ट भूमिकाको मुक्क्र कण्ठले प्रशंसा गर्न चाहन्छु । सरकारकै कुरा गर्ने हो भने भूमिकास्थान नगरपालिका बाहेक अन्य स्थानीय सरकरहरुले हाम्रो रचनात्मक सुझाव समेत सुन्न आवश्यक ठान्नुभएन । आफैमा विज्ञ, आफैमा दक्ष र आफैमा सचेत उहाँहरुप्रति मेरो गुनासो छैन तर दुख जरुर लागेको छ । यस विषम परिस्थितीमा हामीपनि केही सुझाव राख्न सक्थ्यौं । तर सुझाव समेत आवश्यक नठान्ने स्थानीय सरकारहरुप्रति गुनासो नभएपनि दुख अवस्य छ । अझ स्थानीय सरकारका केही कार्यालय प्रमुखहहरुको अहमता, घमण्डता वडो विचित्रको देखीयो । मभन्दा जान्ने सुन्ने संसारमा कोही छैन भन्ने स्तरको अहमता देख्दा दुख हैन लाज लाग्यो । आगामी दिनमा आफ्ना सरकारका कर्मचारीहरु देखेर यसरी लजाउनु नपरोस् । म आफैलाई शुभकामना ।

कोभिड १९ नियन्त्रणको लागि अव के गर्नुपर्ला रु मैले देखेका केही सुझावहरु ?

१, कोभिडसंग भागेर पार लाग्ने संभावना म देख्दिन । अझ राज्यले समेत जनस्तरमा परीक्षण गर्न नसक्ने अवस्थामा अधिकतम रोग प्रतिरोधी क्षेमता बढाउदै यसलाई पराजित गर्नुपर्छ । यसर्थ जिल्लाको ध्यान हरेक जिल्लावासीको रोग प्रतिरोधी क्षेमता कसरी बढाउने भन्नेमा जानुपर्छ भन्ने लाग्छ ।

२, अव चाडपर्वहरु नजिककिदै छन् स्वाभाविक रुपमा यो वेलामा घरबाहिर रहेकाहरु घरघरमा आउन चाहन्छन नै । यस्तो अवस्थामा आफ्नो घरमा आउन चाहनेहरुलाई अधिकतम रुपमा घरमा आउने बातावरण तयार पार्न जिल्ला स्तरबाट बिशेष भूमिका खेल्नुपर्छ भन्ने लाग्छ ।

३, मेरो बुझाईमा विरामी हुनका लागि शरिरका कुनै भाग दुखेको, कुनै भागले काम नगरेको वा भोक निन्द्रा नलागेको केही हुनैपर्छ तर अधिकाँस संक्रमितहरुमा यी कुनै समस्या देखिएनन यसर्थ आइसोलेसनको बहानामा संक्रमितहरुलाई एकैठाउँ थुपार्ने र झन जोखिम बढाउने गरी जिल्लाका गाउँगाउँमा क्वारेन्टाईन, आइसोलेसन आवश्यक पर्छ भन्ने मलाई लाग्दैन । अव हरेक घर क्वारेन्टाइन र आइसोलेसनको कन्सेप्ट बनाउनुपर्छ भन्ने लाग्छ । आफ्नो परिवार आफै बचाऔं भन्ने अभियानका साथ सचेतता फैलाउनुपर्छ । जसको लगि जिल्लामा क्रियाशिल सन्चारमाध्यमहरु ( खासगरी रेडियोहरु ) को अधिकतम प्रयोग गर्नुपर्छ भन्ने लाग्छ ।

४, हरेक ब्यक्ति आफैमा जोखिमयुक्त छ भन्ने चेत हरेक जिल्लावासीहरुमा गराउनुपर्छ भन्ने लाग्छ, हामी हामीमा त केही हुन्न भन्ने बुझाई निकै घातक छ । यसमा हामी सवैको ध्यान जानुपर्छ भन्ने लाग्छ ।

नेपलको जय होस्, नेपालीको जय होस् । धन्यवाद ।

Comments
Loading...