Ultimate magazine theme for WordPress.

फेसबुक मार्फत गुनासो आएको १८ घण्टामै सम्वोधन, योजना प्रमुख आफै फिल्डमा

677

पहिलो अपडेट / असार ३१, अर्घाखाँची

स्थानीय जनताले सामाजिक सन्जालमै कार्यालयको सेवा प्रवाहमा गुनासो गरेपछि एउटा कार्यालय प्रमुखले के गर्ला ? सहजै जवाफ आउछ सके फोन गरेरै सातो खाइन्छ, हैन भने जेसुकै होस् भनेर बेवास्ता गरिन्छ ।

फिल्डमा आवश्यक निर्देशन दिदै योजनाप्रमुख मरासिनी

तर अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको सालझन्डी ढोरपाटन सडक आयोजनाका योजना प्रमुख जयलाल मरासिनीले यी दुवै विकल्प रोजेनन । सामाजिक सन्जालबाट आएको सुझावको सहजताका साथ ग्रहण गरेका मरासिनीले सामाजिक सन्जालमै भद्र जवाफ मात्रै दिएनन तत्काल समाधानको पहल समेत गरे ।

फेसबुकमा राजेन्द्र जिसीको स्टाटस

असार ३० गते स्थानीय युवा राजेन्द्र जिसीले अर्घाखाँचीको खवर फेसवुक ग्रुपमा ढोरपाटन सडकको फोटो सहित स्टाटस लेखेको केही मिनेटमै कार्यालय प्रमुख मरासिनीले सामाजिक सन्जालबाटै सकारात्मक सन्देशसहित सुधारको प्रतिवद्धता जनाए ।

फिल्मा आवश्यक निर्देशन दिदै योजनाप्रमुख मरासिनी

त्यसको अर्कोदिन मरासिनी आफै फिल्डमा पुगेर बाटोको सुधारको लागि सक्रियता देखाए । मरासिनीको सक्रियतामा हिलाम्मे बाटो केही सुधार भएको छ । फेसवुक मार्फत गुनासो आएको १८ घण्टाभित्रै सम्वोधन गर्ने कार्यालय प्रमुख मरासिनीलाई जिल्लावासीले धन्यवाद ब्यक्त गरेका छन् ।

Comments
Loading...