Ultimate magazine theme for WordPress.

यी हुन नेकपाकाे विभाजन राेक्ने सुत्रधार

117

पहिलाे अपडेट / असार २९, २०७७

शुक्रवार बिहानसम्म नेकपा पार्टिपंक्ति निरास भईसकेकाे थियाे । पार्टी विभाजन हुने अनुमानमा अधिकाँस तल्लाे स्तरका कार्यकर्तासम्ममा निरासा छाइसकेकाे थियाे भने काेहि एक अर्कालाई गाली गर्न अभ्यस्त वनिरहेका थिए ।

अझ अाेलीकाे पक्ष र विपक्षमा सडकमा निस्कन शुरु भईसकेकाे थियाे । दुवै पक्षका नेता कार्यकर्ताहरु एक अर्काकाे सत्ताेसरापमा उत्रिएका थिए ।

तर विडम्वना, शुक्रवार साँझ एकाएक सिन बदलियाे । नेकपाका दुई अध्यक्षकाे केही घण्टा लामाे बैठकले अध्यक्ष र प्रधानमन्त्रिमा एकले अर्काेलाई सघाउने अनि पार्टी थप बलियाे बनाउने निर्णय गर्याे । जसका सुत्रधार थिए नेकपाका नेता जनार्दन शर्मा “प्रभाकर”

बिहानैबाट एकता मजवुत गराउन सक्रिय जनार्दन शर्मा, बिष्णु पाैडेल लगायतका नेताहरुकाे सक्रियताकाे कारण नेकपा भित्रकाे बिवाद मिलनकाे बाटाेमा लागेकाे छ । अनि याे पटक नेकपाकाे रस्साकस्सी केही मथ्थर भएकाे छ ।

नेकपामा एउटा पक्ष पुन विभाजन ल्याउने खेलमा लागेकाे छ भने अर्काे पक्ष विभाजन गरि जसरि पनि पार्टीलाई अाफ्नाे पाेल्टामा ल्याउने दाउमा छ । यहि दाउहरुका विच एकताकाे पक्षधर प्रभाकरहरुले जितुन, पार्टीले जिताेस्, अनि देशले जिताेस् ।  नेकपालाई शुभकमना ।

Comments
Loading...