Ultimate magazine theme for WordPress.

कबिता – जोबन चाहियो 

459

लेखक – प्रकाश दाई

नानि,
मलाई तिम्रो जोबन चाहियो ।

ओक्तो लिएर इतिकिन आज
साथि सँग भट्टिमा छु
र हेरिरहेछु मोबाईलमा
सन्निको इतिबिर्ति !
ठिक यहि बेला
साथि बोलिरहेछ भिडियोमा
र भनिरहेछ, देखाउ न देखाउ
अलि तल तिर पनि देखाउ !
त्यो सुनेर उसको यौन लिला
मलाई झ्याप्पै तिम्रो याद आयो
प्लिज नानि,
मलाई तिम्रो जोबन चाहियो ।

नानि,
तिमिले जे माग्यौँ दिएँ
गाडि भन्यौ, खोजिदिएँ
पैसा भन्यौ, गोजि दिएँ
र अरु पनि जे चाइन्छ भन्
म दिन्छु,
म तिमिलाई घडेरि दिन्छु, माग
स्कुटि दिन्छु, माग
न पुगे यतिले
म मेरै बुडिको डिभोर्स कागज
भोलि नै तिम्रो हातमा दिन्छु
बस नानि,
मलाई तिम्रो जोवन देउ
आजलाई एक रात देउ
रातमा मदहोस मात देउ !
नानि,
मलाई भर्खरै तिमि चाहियो ।

नानि,
मलाई तिम्रो खुब याद आईरहेछ
आहा ! तिम्रो कपाल
निधार उस्तै राम्रो
उठेका ति छाति
छिनेको बारुलि कम्मर
र “गएँ है दाजु भनेको” त्यो लठ्याउने बोलि
प्लिज नानि,
आउ न !
म एम्बुलेन्स पठाउँछु त्यसैमा आउ ।
चिटिक्क परेर,
नामृ भएर आउ ।
मलाई तिम्रो जोबन चाहियो ।

आउन्न रे !
पापि रे !
बिजेत गर्छु रे !
धम्काएकि, मलाई डराउन दिएकि !
जे गर्छेउ गर !
म त ठुलो मान्छे हुँ
ओकिल चिनेको छु,
पुलिस चिनेको छु,
पत्रकार, नेता र ठुलाबडा सबै चिनेको छु
यसैले फस्ने तिमि हो
इज्जत जाने तिम्रो हो
समाजले हेला गर्ने तिम्लाई हो
म त छोरो मान्छे,
सबैले बिर्सन्छन्, भोलि उस्तै हुन्छु ।
यसैले नानि,
यस्ता नचाहिनि कुरा नगर
आउ, खुरुक्क आउ
म पर्खिरहन्छु तिम्रो बाटो
रहरलाग्दि भएर आउ ।

Comments
Loading...