————————————————————-
हिम लेकाली
असार ८ ,सन्धिखर्क
————————–
गत अासार ३ गते सन्धिखर्क नगरपालिका वडा नं .८ बेल्टारि अापखाेला निवासि सुमित्रा नाम परिबर्तन (राधा पाण्डेले) फेस बुक मार्फत सन्धिखर्क नगरपालिका २ निवासि सहयाेगि बि.सि . ले अाफुलाई याैन दुर्ब्यबहार गर्न प्रयास गरेकाे बताईकि थिईन् ।
उनले सहयाेगि बि.सि .संग भएकाे च्याट कुराकानिकाे सम्पूर्ण बिबरण खुलासा गरेकि थिईन् । यसै बिषयलाई लिएर उनले अाफु अन्याय परेकाे बताउँदै धेरै ठाउँ न्याय माग्न पुगेकाे कुरा पनि सामाजिक सन्जालमा छाएकाे थियाे । महिला सन्जाल लगायत का समाजसेवी ब्यक्तित्वहरूले पनि यस बिषयमा चासाे राखे र समस्या समाधानकाे खाेजीमा पटक पटक बसेकाे खवर पनि प्राप्त भए । उता सहयाेगी बि.सि. ले पनि अाफ्नाे फेक फेसबुक एकाउन्ट खाेल्न लगाएर अाफ्नाे बदनाम गर्न केही ब्यक्तिहरू लागेकाे बताएका थिए ।
एसरि केही दिन याे बिषयले जिल्ला ततायकाे देखियाे , चाेक चाेक बजारमा इनै कुराहरूले ठाउँ लिए ,जुन बिषयले तपाईंहामि सबै लाई पीरल्याे ,एथार्त के हाे सुनेकाे भरमा छुट्टाउन मुस्किल पर्याे ।
यहि बिषयलाई समाधानकाे अन्तिम टुङ्गो लगायाे हिजाे ७ गते अाईतवार साझ सन्धिखर्कमा बसेकाे ( सर्वपक्षिय ) विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधिहरूकाे सामुहिक बसाइले ।
बसाइमा सबै सामु हात जाेडेर अाफुबाट गल्ति भएकाे बताउँदै सहयाेगि बि .सि .ले राधा संग माफि मागे । उनले भने मैले उनलाई छाेरि मान्दै अायकाे थिय ,त्यति बेला मेराे हाेस हरायाे , रिसमा अाबेगमा च्याटिङ्गमा मैले अभिभावकाे भुमिका कायम गर्न सकिन । जुन बिषय अर्घाखाँची काण्डकाे रूपमा देश बिदेश फैलियाे मेराे कारण राधा छाेरि बिबादमा मुच्छिईन् ,पिडाले छट्पटीईन् म सर्मिन्दा छु ।मेराे कारणले धेरैले दुख पाउनु भाे सबै संग माफि चाहन्छु ।
सहयाेगीले माफि मागे पछि राधाले भनिन् अंकलले माफि माग्नु भाे ,गल्तिकाे प्रायस्चित गर्नु भाे माफ गरि दिए । मैले सुरूमै पनि च्याटिङ्ग मा भनेकि थिय बडि हुनु भाे भने बाहिर ल्याउछु ,उहाँ हाेसमा हुनु भएन जस्काे परिणाम सबै लाई दुख भाे ,हाम्राे चरित्र माथी संका उपसंका गरे मानिसले भएकाे केही थिएन तिनै अपशब्दले बिगार्याे । सुध्रिनलाई माैका दिय ।।।अाफन्तहरू संग उपस्थित राधालाई कसैले दवाव ,डरधम्की वा प्रलोभन देखायर करकापमा पारेर माफि दिन लगाईएकाे त हाेईन भनेर साेद्धा कसैले कुनै करकाप पारेर हाेईन नत कुनै दाम पैसा लियर हाे , ई कुनै पनि हाेईनन् साेईच्छाले मैले माफिदियकि हुँ उनले बताईन् ।
यसरी क्षेमा र माफि भन्दा ठुलाे दान केही छैन बहिनी राधा सबैकी धन्यबाद कि पात्र बनेकि छन् ।केही बिग्रकाे छैन सधै राम्राे काममा लाग्नु सबैकाे साथ पाउने छाैं ।
सहयाेगि बि.सि. ले अाफुलाई हेर्ने र सुध्रिने माैका पाएका छन् ,समाजकाे अगाडि अब गल्ती नगर्ने प्रण गरेका छन् । जीवनमा कहिल्यै गल्ति नगरेकाे बताउने उनी साच्चिकै अात्माग्लानीकाे महशुस गरेका छन् सामाजिक प्रतिष्ठा बाट माथि उठेका उनी केही गुमेकाे महशुस गरेका छन् । अाशाछ उनकाे ब्यबहारले अब हामिले चिन्ता पिर लिन नपराेस् । हामी सबैले हिजाे जस्तै उनी संग हात मिलाउँ उनी पनि त्यसरि नै अाउन् हामी सबैकाे कामना ,सुभेच्छा ।
अाजका दिन देखि सबैले सकैका लागि सहयाेग गर्ने र सकारात्मक साेचकाे चिन्तनमा लागाैं।बिषय बस्तुकाे गहिराइमा पुगेर मात्र लेखाैं र बाेलाै याे । अब मिलि सकेकाे बिषयलाई कसैले नकाेट्टाउ ,सके मलहम लगाउ नसके घाउँ नबनाउ ।याे मिलन बिन्दुमा पुर्याउन पहल गर्नु हुने सबै अादरणिय ब्यक्तित्वहरू प्रति अाभार तथा कृतज्ञता ।।।।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Prev Post
Next Post
Comments