मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
परिक्षणका लागी भैरहवा पठाइएको स्वाब नभेटिएको समाचार यसअघी आएको भएपनि स्वास्थ्य कार्यालय अर्घाखाँचीले केरोना पुष्टी भएको औपचारिक जानकारी दिएको हो ।
आज भैरहवाबाट कोरोनो पोजेटिभको रिपोर्ट आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताए ।
यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अर्घाखाँचीमै दुई पुगेको छ । यसअघि भुनपा ९ का एकजनाको भारतबाट आउदैगर्दा ज्यान गएको थियो ।