Ultimate magazine theme for WordPress.

नवअागन्तुक प्रहरी प्रमुुख बुढाथोकीलाई मिलन केन्द्र अर्घाखाँचीद्वारा स्वागत

130

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीलाई एक कार्यक्रममा बिच स्वागत गरेको छ । कोरोना भाईरस संक्रमणका कारण सामाजिक दुरी कायम गर्दे गरि मिलन केन्द्र कार्यक्रम गरिएकाे जनाएकाे छ ।

कार्यक्रममा मनतब्य राख्दै मिलन केन्द्रका मानार्थ संरक्षक एवं जिल्ला न्यायाधिश बासुदेब न्यौपानेले प्रहरी प्रमुख बुढाथोकीकाे सफल कार्यकालको शुभकामना दिदै स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रका संरक्षक एंव प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, कर्मचारी मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष खिम राना, बिभिन्न कार्यालयका प्रमुख, केन्द्रका पदाधिकारी ,राष्ट्रसेबक कर्मचारी लगायतको उपस्थिति रहेको केन्द्रका अध्यक्ष तथा बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम रानाले जानकारी दिनुभयो ।

Comments
Loading...