Ultimate magazine theme for WordPress.

देउरालि यातायातले ७० लाख राहत बितरण गर्ने

158

श्याम घिमिरे / जेठ २४ अर्घाखाँची

लकडाउनका कारण मारमा परेका देउराली यातायात अर्घाखाँची प्रालिका गाडी धनि, चालक, सहचालक र कर्मचारीलाई संस्थाले राहत बितरण गर्ने भएको छ । संस्थाको सनिबार बसेको सञ्चालक समितिको बैठकले गाडीधनी, चालक, सहचालक र कर्मचारीलाई ७० लाख भन्दा धेरै रकम बितरण गर्ने निर्णण गरेको प्रबक्ता गोबिन्द बन्जाडेले जानकारी दिए ।

बैठकले प्रति गाडी धनिलाई रु ४३ हजारका दरले राहत दिने निर्णय गरेको हो । यस्तै बैठकले चालकलाई रु ५ हजार, सहचालकलाई रु २ हजार र कर्मचारीलाई प्रतिव्यक्ति रु ५ हजारका दरले राहत दिने निर्णय भएको प्रबक्ता बन्जाडेले बताए ।

यस्तै समितिको निर्णयले चालक,सहचालक र कर्मचारीको एक लाख बराबरको कोरोना बिमा समेत गर्ने निर्णय भएको संस्थाका अध्यक्ष योगेन्द्र खड्काले जानकारी दिए । यस अघि प्रालिले कोरोना भाइरसको महामारी संग लड्न जिल्लाका ६ वटै स्थानिय पालीकाहरुलाई १ लाख १ हजारको दरले ६ लाख ६ हजार रुपैया प्रदान गरेको महासचिब प्रेम पाण्डेले बताए ।

२०६१ सालमा स्थापना भई छोटो समयमा शहर देखी गाँउका कुनाकन्दाराहरुमा आफ्नो सेबा बिस्तार गरेको देउराली यातायात अर्घाखाँची प्रालिमा हाल सवारी जिप, हाईस गाडी र मिनि बस गरी १ सय ४३ वटा सभारी साधनले सेबा दिई रहेका छन ।

Comments
Loading...