Ultimate magazine theme for WordPress.

छत्रदेवमा थपिए संक्रमित, अर्घाखाँचीमा संक्रमितकाे संख्या ५ पुग्याे

422

जिल्लाको छत्रदेव गाउँपालिकाका एक जनामा कोरोना पुष्टी भएकाे छ । छत्रदेव गाउँपालिकाको वडा नम्बर ५ को क्वारेन्टाईनमा बसेका एक जनामा कोरोना देखिएको हो ।

४९ वर्षिय पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले बताए । छत्रगन्ज क्वारेन्टाईनमा रहेका उनी भारतबाट आएका थिए । उनीसहित अर्घाखाँचीमा  काेराेना संक्रमितकाे संख्या पाँच पुगेकाे छ ।

यसअघि पालीको क्वारेन्टाईनमा रहेका दुई जना र शितगंगाको एक जनामा कोरोना पुष्टि भएको थियो । भुमिकास्थानका एक जनाको भने भारतबाट घर आउँदै गर्दा मृत्यु भएकाे थियाे ।

Comments
Loading...