आउनुहोस् सबैमिलेर एकैछिन् बाहुन क्षेत्रीलाई गालि गरौँ मनको भडास निकालौँ । हो केहि बाहुन क्षेत्री फटाहा होलान् अपराधि, भ्रष्ट होलान् । हरेक बर्ग हरेक समुदायमा हुन्छन् केही गलत आचरण भएकाहरु । केही ब्यक्तिको अनैतिक आचरणको दोष सिंगो समाजलाई दिनु कति जायज हुन्छ ?
अपराधि, देशद्रोहि र भ्रष्टाचारिको कुनै जात हुँदैन ती सिर्फ देश र समाजका कलंक हुन् । आउनुहोस् सबैमिलेर कानुनि कार्बाहि गरौँ कानुनबाट दाउपेच गरेर मुक्ति पाए भने जनकारबाही गरौँ ।
हामी पनि यहि देश गाउँ समाजको हिस्सा हो । हिजो अस्ति तम्बु गाडेर डेरा जमाएको हैन । हजारौँ बर्ष देखिको हाम्रा पुर्बज बाउबाजेको ईतिहास छ । तपाईहरुकै पुर्बज बाउबाजे साक्षी हुनुहुन्छ । माटोमा च्याउ जसरि कोहि उम्रिएको हैन । हामी सबैका पुर्बज कतै न कतैबाट पक्कै आउनु भएहोला । देशका हरेक उतारचढाबमा हाम्रो पनि तपाईहरुको भन्दा कम योगदान पक्कै छैन । तपाईं हामी सबैले खुन पसिना देशको निम्ति बगाएकै छौँ ।
जातियताको ब्रान्ड बनाएर कमाई खाने भाँडो नबनाउँ कसैले । बास्तबमा दलितको अर्थ यसरी लगाईनु पर्छ । दलित भनेको समाजमा गरिबिले पिल्सिएको अति गरिब हेपिएको बिपन्न बर्ग हो जो जुनसुकै जातजातिको पनि हुनसक्छ । बाहुन क्षेत्रीलाई गालि गरेर मात्र समस्याको समाधान हुँदैन पक्कै ।आउनुहोस् सबै जातजातिका अगुवाहरु, बुद्धिजीवीहरु, ज्ञाताहरु, बिज्ञहरु र महापण्डितहरु मिलेर हाम्रो हिन्दुधर्म ग्रन्थहरुमा भएका त्रुटिपूर्ण लेखहरु ,वाक्यहरु, शब्दहरु जस्ले कुनै जातजाति, सम्प्रदाय, समूह वा ब्यक्ति बिशेषलाई अपमान हुने अपाच्य हुने कसैको पनि आत्मसम्मानमा ठेँस पुर्याउने त्यस्ता पंक्ति शब्दहरु निकालौँ । ती शब्दहरु पंक्तिहरुको ठाउँमा जुन शब्दहरुले समाजमा भाईचारा बढ्छ त्यस्ता शब्द र पंतिहरु थपौँ । धर्मका ज्ञाताहरुले धर्मको सहि व्याख्या र धर्मको मर्मलाई जनजनमा पुर्याउँ । हाम्रा धर्म ग्रन्थ हाम्रै पुर्बजहरु बाट लेखिएका हुन् नकि भगवानले त्यसैले हाम्रा पुर्बजहरुबाट भएको त्रुटिपूर्ण कुराहरुलाई सच्याउनु हाम्रो दायित्व हो ।
देश र समाजका हरेक नागरिकको हरेक क्षेत्रमा समान अधिकार समान सहभागिता हुनैपर्छ । तर आरक्षणको लड्डु दुईचार जनालाई बाँडेर हैन हरेक तह र तप्कामा प्रतिस्पर्धा गर्नु सक्ने शिक्षा शिपहरुको समान अबसर प्रदान गर्नुपर्छ । हजारौँ बर्ष देखि जरागाडेको छुवाछुत फु गरेर हराउँदैन जनचेतना मुलक कार्यक्रम सम्पूर्णको सहभागिता मित्रवत ब्यबाहर आपसि सम्मान र सद्भावबाट हट्दै जान्छ बिस्तारै । हामिले जान्दा नै हिँजका दिनहरुमा भन्दा अहिले निकै परिवर्तन आएको छ तर पर्याप्त छैन पक्कै । हाम्रै आफन्तहरु जो आफुलाई दलित भन्नुहुन्छ वहाँहरु भित्रकै छुवाछूत हटाउन सक्नु भएको छैन ।
केहि बाहुन क्षेत्रि टाठाबाठा फटाहा भए शोषण गरे भ्रष्ट भए भन्दैमा सिँगो समाज सिंगो बर्गलाई तथानाम गालिगलोज गर्नु कति जायज होला ? तपाईं आफुलाई दलित भन्ने मित्रहरूले आफ्नै वरिपरिको समाजमा हेर्नू हजुरहरु भन्दा अति गरिब अति सोझासिधा अति निमुखा के बाहुन क्षेत्री छैनन् ? के तपाईहरु सँगै हामी खेतिबारि, मजदुरि देखि बैदेशिक रोजगारिमा सँगै नंग्रा खियाएको छैनौँ ? तपाईहरुले भन्दा के अबसर पाएको छौँ धेरै ? बाहुन क्षेत्रिको कोखबाट जन्मलिनु के हाम्रो अपराध हो ? के अहिले आएर हामिले निर्माण गरेको हो जातीय प्रथा ? आउनुहोस् सबै मिलेर कुप्रथा कुरितिहरुको बिरोध गरौँ शान्तिपूर्ण र सौहार्द पुर्ण तरिकाले हरेक सामाजिक बिभेदको अन्त्य गरौँ पुर्बजबाट भएका कमिकमजोरिलाई सच्याउँ ।
बाहुन क्षेत्री लगाएत आफुलाई उपल्लो बर्ग ठान्नेहरुले पनि यो बुझ्नु जरुरि छ कि हाम्रै दलित भनी नामाकरण गरिएका हाम्रै छिमेकीहरु जो परम्परागत सिपले निपुर्ण हुनुहुन्छ ।वहाहरुले बनाएको मुर्ति मन्दिरमा थापना गर्नु हुने, वहाँहरुले बनाएको आभुषण गरगहनाले मुर्ति जगमग बनाउनु हुने ,वहाँहरुले बनाएको बस्त्रले मुर्ति मन्दिरको सिँगार सोभा बढाउन हुने, मन्दिरको गारो देखि त्यहाँ कुँदिएका बुट्टाहरु र त्यहाँ बज्ने बाजागाजा घण्टीहरु देखि संगित सम्म दलितको चल्ने तर भगवानको मन्दिर भित्र दलितले प्रबेश पुजापाठ गर्नु किन नपाउने । यो विभेद हो र यस्ले धर्मको मर्ममा पनि ठेँस पहुँचाएको छ।भगवानको घरमा कोहि उचनिच हुँदैन । तपाईको घरमा तपाईको अधिकार हो भगवानको घरमा सबैको समान अधिकार हुनुपर्छ । कसैलाई जातकै आधारमा घृणा र बन्चित नगरौँ । हामी सबैले सबैलाई अंगाल्न सिकौँ समाज र देशमा सबैको सहअस्तित्व सहसम्मान हुनुपर्छ । हामी एकअर्का बिना सबै अपुरै छौँ त्यसैले एक भएर पुर्ण बनौँ सबैले सबैको आत्मसम्मानको रक्षा गरौँ ।।। यो लेखले कसैको भावनामा ठेँस लाग्नु पुगे क्षमापार्थि छु।।।।। ।
बिष्णु प्रसाद भट्टराई, अर्घाखाँची सन्धिखर्क – १०