Ultimate magazine theme for WordPress.

भूमिकास्थानको आग्रह : क्वारेन्टाइनको क्षेमता सकियो, १५ दिन जहाँ हुनुहुन्छ त्यही बस्नुस

787

पहिलो अपडेट / ज्येष्ठ १६

भूमिकास्थान नगरपालिका अर्घाखाँचीले स्वदेश वा विदेशमा रहनु भएका नगरवासीहरुलाई १७ जेठ २०७७ देखी १५ दिनका लागि जो जहाँ छ त्यही रहन आग्रह गरेको छ ।

नगरपालिकाबाट १० वटा वार्डमा व्यवस्थापन गरिएका क्वारेंटाइन स्थलहरुमा स्वदेश वा विदेशबाट आएका १०९६ जना नगरवासीहरु क्वारेंटाइनमा रहदा क्वारेंटाइन स्थलको पूर्ण क्षमता प्रयोग भएपछि अन्नेत्र क्वारेंटाइनमा आगन्तुक नगरवासीहरुलाई राख्न समस्या हुने भएपछी नगरपालिकाको प्रकोप व्यवस्थापन समितिको आज १६ जेठ २०७७ मा बसेको बैठकमा नगरपालिकाले येस्तो निर्णय गरेको हो ।

१५ दिन पछी पुराना क्वारेंटाइनमा बसेकाहरु क्वारेंटाइन मुक्त हुने र क्वारेंटाइन स्थल ख़ाली हुने हुदा १५ दिन पछी नब आगन्तुक नगरबासी हरुलाई क्वारेंटाइनमा व्यवस्थापन गर्न समस्या नहुने हुदा देश भित्र र विदेशबाट आऊने हरुलाई नगरपालिकाले येस्तो आग्रह गरेको हो ।

नगरपालिकाको प्रकोप व्यवस्थापन समितिका अध्यक्ष एबम वार्ड अध्यक्ष तथा नगरकार्यपालिका सदस्य नारायण प्रसाद खनालको अध्यक्षतामा संचालित उक्त बैठकमा नगर प्रमुख रेशम थापा, नगर उपप्रमुख खड़ानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, १० वटै वार्डका वार्ड अध्यक्षहरु र नगरपालिकाका बिभिन्न कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

Comments
Loading...